पहिरोले क्षति पुर्याएको कास्की माझठाना ७ ओख्लेका घर
नेपाली कांग्रेसका सांसद यज्ञबहादुर थापाले भदौ २२ गते कास्कीका विभिन्न गाउँमा गएको पहिरोमा परी धनजनको क्षति भएको संसद बैठकमा स्मरण गराएका छन्।
कास्कीको लेखनाथ नपा ४ मा पहिरोले एकै घरका चार बालबालिका निधन भएको अरु चार जना घाइते भएको भन्दै तत्काल राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन्।
माझठाना गाविस ७ मा राधाकृष्ण तिवारी, गजाधर तिवारी लगायतको घरमा क्षति पुर्याएको तथा पहिरोले एक किलोमिटर राखी मिजुरे सडक भासिएर अवरूद्ध भएको स्मरण गराए।