शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालको सातौँ साधारणसभाले बाल मजदुर सरोकार केन्द्र (सिविन)का कुमार भट्टराईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
शिक्षामा काम गर्ने २५० भन्दा बढी संस्था आबद्ध सो अभियानको उपाध्यक्षमा शारदादेवी कुमाल र शुभेन्द्रमान श्रेष्ठ, महासचिवमा डिल्लीराम सुवेदी, सचिवमा केशव पाठक र कोषाध्यक्षमा सान्त्वना देवकोटा चयन भएका छन्।
यसैगरी, सदस्यहरुमा निवर्तमान अध्यक्ष रामकुमार गन्धर्व, प्रकाश सिलवाल, डा नारायण काफ्ले, बाबुराम थापा, लवराज वली, सफला राजभण्डारी, सत्या कुँवर, शारदा शर्मा, राजेन्द्र पहाडी, रामनरेश साह र टीकाराम आचार्य छन्।
सभाले संविधानको मौलिक हकमा रहेको अधिकार कार्यान्वयनमा प्रभावकारी वकालत गर्ने लगायतका प्रस्ताव पारित गरेको छ । रासस