चारजना सवार मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बर्दियाको खैरिचन्दनपुर गाविसदेखि सानो श्रीताराताल तर्फ आउँदै गर्दा कोठीयाघाटको पुलमा बुधबार विहान ४.२० मा चारजना सवार मोटरसाइकल दुर्घटना भएको हो।
बा.३७ प. ५०८० नम्वरका मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए। दुर्घटनामा घाईते भएका बर्दिया गोला गाविस ९ बस्ने ३५ वर्षीय टपेन्द्र ऐडिलाई उपचारका लागि सदरमुकाम गुलरिया जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको गिरीले बताए।
दुर्घटनामा परेका गोला ९ कै ३२ वर्षीय मंगल थारु, ३३ वर्षीय खडकराज अधिकारी र ३८ वर्षीय राजकुमार चौधरीको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज लगिएको समेत गिरीले बताए।