स्याङ्जाको केवरेभन्ज्याङ् गाविस वडा नम्बर ७ स्थित माथिल्लो ताप्के स्थानमा शनिबार राति परेको अविरल वर्षाका कारण पहिरो जाँदा एकै घरका चार जनाको मृत्यु भएको छ।
थमनसिंह सारु मगरको घरमाथिबाट आएको पहिरो खसी घरको पछाडिको भित्तासहित पहिरो घरभित्र पस्दा चार जनाको मृत्यु भएको क्षेत्रीय प्रहरी कार्यालय पश्चिमाञ्चले जानकारी दिएको छ।
एकै कोठामा सुतिरहेका थमनसिंह सारुकी आमा ७८ वर्षीया चन्द्रकुमारी सारु, मल्याङ्कोट घर भई माइत आएकी वर्ष ३१ की हुमकुमारी मसराङ्गी, वर्ष ७ की पुनम मसराङ्गी र एक वर्षीय मिलन मसराङ्गीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।
मृतकमध्ये हुमकुमारी मसराङ्गी तीज मनाउन माइत आएको र उनसहित १ छोरी र १ छोरा मामाघर आएको बला पहिरोमा परी मृत्यु भएको हो। पहिरो अन्दाजी २ बजेको समयमा खसेको हुनसक्ने प्रहरीले जनाएको छ।