नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चण्डिभन्ज्याङ गाविस–६ स्थित चार किलो र पाँच किलोको बीचमा आइतबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारीअनुसार बिहान ६:३० बजे ठूलो पहिरो खस्दा सडक छेउमा रहेको गोरे गुरुङ र कमल गुरुङको घरमा समेत सामान्य क्षति पुगेको छ। पहिरो पन्छाउने काम सुरु भइसकेकाले १० बजेसम्ममा सडक आवागमन खुल्न सक्ने प्रहरीको अनुमान छ। सडक बन्द भएपछि दुबैतर्फ सवारीसाधनको लाम लागेको छ। रासस