मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पार्टीलाई फुटबाट जोगाउनका लागि आफूनिकट नेतालाई सक्रिय पारेका छन्।
अध्यक्ष गच्छदारले एकलौटी ढंगले सरकारमा सहभागिता नजनाउने निर्णय गरेको भन्दै असन्तुष्ट पक्ष पार्टी नै फुटाउन लागिपरेपछि उनी त्यसलाई विफल पार्ने प्रयासमा देखिएको खबर आजको कारोबारमा छापिएको छ।
असन्तुष्ट पक्षले नयाँ पार्टी गठन गर्ने भन्दै गोप्य भेला गरिरहेको छ।
त्यसपछि गच्छदार आफू सरकारमा नगए पनि अरूलाई पठाउन लचिलो देखिएको उक्त पार्टीका एक नेताले बताए।
भदौ ५ गदेदेखि एक साता बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उनले सरकारमा नजाने निर्णय गराएका थिए । असन्तुष्ट पक्षले गच्छदारले उपप्रधानमन्त्रीसहित मन्त्रालयमा माग गरेको र अरूलाई सरकारमा जान रोक्न खोजेको निष्कर्ष निकालेका थिए।
उनीहरुले पार्टी फुटाएर भए पनि सरकारमा जाने तयारी थालेपछि गच्छदार त्यसलाई विफल पार्न सक्रिय रहेकेा स्रोतले बतायो ।