नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले मधेसी मोर्चाको सीमाङ्कनसम्बन्धी माग संविधानमा संशोधन गर्न आफ्नो दल सहमतिमा नआउने बताएका छन्।
प्रेस चौतारी, बाँकेद्वारा शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अरु माग संविधान संशोधनबाट सम्बोधन गर्न आफ्नो दल सहमतिमा आउन सक्ने भएपनि प्रदेश सीमाङ्कनसम्बन्धी संवैधानिक व्यवस्था चाहेर पनि संशोधन गर्न सकिँदैन।’
मोर्चाको माग पूरा गरिएन भने संविधान कार्यान्वयनमा जटिलता आउन सक्छ कि? भनी पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा सचिव भट्टराईले भने, ‘संविधानको सफल कार्यान्वयनका लागि स्थानीय र प्रादेशिक निर्वाचन मुख्य चुनौती भए पनि चरणबद्ध निर्वाचन गर्न सकिन्छ।Ú
उनले आफ्नो दलले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै संविधानलाई सबैको साझा दस्तावेज बनाउने सबैखाले मुद्दामा राजनीतिक सहमति खोज्नुपर्ने बताए। रासस