अमेरिकाले न्ट विन्सेन्ट एण्ड ग्रेनेडिन्समाथि फराकिलो जित दर्ता गरेको छ। विश्व कप २०१८ को छनौट अन्तर्गत शनिबार बिहान भएको खेलमा शानदार जित दर्ता गरेको अमेरिकाले सेन्ट विन्सेन्ट एण्ड ग्रेनेडिन्सलाई ६–० ले हराएको हो।
अमेरिकाका लागि २८ औं मिनेटमा बबी उडले गोल गर्दै अमेरिकालाई सुरुवाति अग्रता दिलाए । त्यसको चार मिनेटपछि बेसलर तथा ४३ औं मिनेटमा पाएको पेनाल्टीमा जोजी अलटिडोरले गोल गरेपछि पहिलो हाफमा अमेरिकाले ३–० को अग्रता लियो । अमेरिकाले दोस्रो हाफमा थप तीन गोल गर्यो।
क्रिष्टिएन पुलिसिकले ७१ मिनेट र इन्जुरी समयमा गरी दुई तथा ७८ औं मिनेटमा साचा काल्जेस्टनले गोल गरेपछि अमेरिका ६–० ले विजयी भयो।
अहिलेसम्म पाँच खेलिसकेको अमेरिका तीनमा जित तथा एकमा बराबरी र एकमा हारसहित १० अंकसहित समूह सीको शीर्ष स्थानमा छ।