भारतीय क्रिकेटका बिस्फोटक ब्याट्सम्यान युवराज सिंहले आफ्नो बिदेशी प्रेमिकासँग भएको खराब व्यवहार प्रति आपत्ति जनाएका छन्। उनले आफ्नी प्रेमिका हेजल कीचले जयपुरको वेस्टर्न युनियनबाट पैसा निकाल्न जाँदा त्यहाँका कर्मचारीले जातीवादी टिप्पणी गरेको आरोप लगाएका छन्। र, उनले यस्तो व्यवहार असहनीय हुने प्रतिक्रिया दिएका छन्।
युवराजले २९ वर्षिय हेजलसँग गत नोभेम्बरमा इन्डोनेसियाको बाली शहरमा कुरा छिनेका थिए। उनीहरूको चाँडै बिहे हुँदैछ। हेजलले बलिउड स्टार सलमान खानसँग बडीगार्ड फिल्ममा काम गरिसकेकी छिन्। उनकी आमा हिन्दु मोरिसियन्स हुन भने पिता बेलायती नागरिक हुन्। उनले आफूमाथी भएको व्यवहारलाई लिएर थुप्रै पल्ट ट्विट गरिन्। जसमा उनले वेष्टर्न युनियनमा कार्यरत पियुस शर्मामाथि जातीवादी व्यवहार गरेको आरोप लगाइएको छ।
हेजलले आफू ‘हिन्दु’ नभएका कारण यस्तो व्यवहार सहनु परेको आरोप लगाएकी छिन्। उनले ट्विटमा भनेकी छिन्,‘मैले जयपुरको वेस्टर्न युनियनका मिस्टर पियुस शर्माजस्तो जातीवादी भेदभाव गर्ने मान्छे आजसम्म देखेको छुइन्। उनले मलाई पैसा दिन यो कारण अस्विकार गरे, किनभने मेरो नाम हिन्दु महिलाजस्तो थिएन्।’
उनले हिन्दु आमा र मुस्लिम साथीसँग रहेको बेला पियुस शर्माले जुन किसिमको व्यवहार देखाए, त्यसले आफूलाई दुखित तुल्याएको बताएकी छिन्। उनले थप ट्विट गर्दै भनेकी छिन,‘मेरो नाम हेजल किच हो। म हिन्दु घरमा जन्मिएकी हूँ। त्यही मेरो लालनपालन भयो। त्यही पनि वेस्टर्न युनियनले मलाई आफ्नो पैसा नदिनुको कारण के हो?’
आफ्नी प्रेमिकाको ट्विटबाट आगो भएका युवराजले पनि वेस्टर्न युनियनमाथी भडास निकाले। र, ट्विट गरे, ‘वास्तवमै यो चकित पार्ने व्यवहार थियो। के हामी मानव हुनु नै काफी होइन्! जातीवादी भेदभाव सहन गरिदैन्।’ उनले पियुस शर्मामाथि कडा कारवाही हुने आशा व्यक्त गरेका छन्।