पाकिस्तानमा एक कैदी कराँची शहरका मेयर भएका छन्। वसीम अख्तर नामका उक्त व्यक्ति स्थानीय पार्टी मुत्तहिदा कौमी मुभमेन्टका सदस्य हुन्।
गत साता भएको चुनावमा विजयी हुँदै उनी मेयर बनेको बिबिसिले जनाएको छ।
जेलमा रहेका अख्तरको विरुद्धमा भएका कानूनी उजुरी खारेज गरेपछि उनलाई जेलबाट कराँची शहरको सिटी पार्क ल्याइएको थियो। उनले त्यहीँ पदको सपथ लिएको बताइएको छ।
अख्तरलाई गत जुलाईमा गिरफ्तार गरिएको थियो। ९ वर्षअघि उनी मन्त्री हुँदा उनले आतंकवादीलाई आश्रय दिएको आरोप लागेको थियो।
आफ्नो जीत ऐतिहासिक भएको आफूमाथि लागेका सबै आरोप झुठा भएको अख्तरले बताएका छन्।