नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले मधेशी मोर्चाले राखेको संविधान संशोधनको माग मधेशी जनताको माग नभएको बताएका छन्।
रफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको साक्षातकार कार्यक्रममा बोल्दै ज्ञवालीले मधेशी मोर्चाका केही नेताहरुको ब्यक्तिगत मागलाई मधेशी जनताको माग भन्दै संबिधान संशोधन गर्नु गलत हुने र संबिधान संशोधनका लागि नेपालमा नभएर अन्य मुलुकमा छलफल हुनुले समेत मधेशी जनताको माग नभई केही नेताहरुकै माग भएको स्पष्ट भएको बताएका छन्।
उनले जायज मागहरुको सम्बोधनका लागि बिगतमै एमालेले संविधान संशोधनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै जायज माग बाहेक केही नेताहरुको स्वार्थ पूरा गर्न संबिधान संशोधनका लागि एमाले कदापी तयार नहुने बताए।
बिगतमै तीनै निर्वाचनको मिति तय भएता पनि हाल सरकारमा रहेको गठबन्धनले बिभिन्न बहानाबाजी गरि निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाए।
‘केपी शर्मा ओलीको नेतृत्वको सरकारले गरेका कामहरु जसरी वर्तमान सरकारले उल्टाउँदै छ यसले राजनीतिक दलहरुबीचको दुरी बढाउनुका साथै नयाँ प्रकारको राजनीतिक द्वन्द्वको अवस्था देखिन्छ,’ ज्ञवालीले भने।
बिशेष परिस्थितिमा अन्य मूलुकमा दूतहरु पठाउने परम्परा रहेता पनि वर्तमान सरकारको गठबन्धनसँगै जसरी नेपालका दुई छिमेकी देशमा दूतहरुको दौडाहा गरियो यो गलत भएको ज्ञवालीले टिप्पणी थियो। ‘प्रचण्डले प्रधानमन्त्री भए पछि भारतका प्रधानमन्त्रीलाई जसरी पत्राचार गरे त्यो कुटनीतिक मर्यादाभन्दा बाहिरको बिषय हो,’ उनले भने।
केपी ओलीको सरकारले अन्य देश सँग रहेको असन्तुलित सम्बन्धलाई सन्तुलनमा ल्याएको र नेपालीको शिर उच्चो पार्ने काम गरेता पनि वर्तमान सरकारले फेरि असन्तुलित सम्बन्धको बिस्तार गर्दै छ यसले नेपाल र नेपालीका लागि दिर्घकालिन असर पार्ने उनले बताए।