छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै आमरण अनसनमा बसेकी गोरखाको फुजेलकी गंगामाया अधिकारीको माग पूरा गर्नका लागि दवाब दिन मानवअधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् ।
मानवअधिकारकर्मीहरुले आमरण अनसनमा बसेकी अधिकारीको अवस्था निकै खराब भएको भन्दै उनको जीवन रक्षाको मागसहित मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा गंगामायालाई साथ दिंदै आएका चरण प्रसाईं, दिनेश त्रिपाठी लगायतका अधिकारकर्मी सहभागी थिए। १२ वर्ष पहिले मारिएका छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै गंगामाया वीर अस्पतालमा आमरण अनसन बसेको १८ दिन भएको छ ।