बेलायतमा फुटबल खेल सुरू भएको १६ सेकेण्डमै रोकिएको छ। सोमबार राति भएको नन लिग खेल एक खेलाडीको टाउकोमा चोट लागेपछि १६ सेकेण्डमै रोकिएको बिबिसीले जनाएको छ।
नर्विच युनाइटेड र सोहम टाउनबिचको खेलमा नर्विचका डिफेन्डर एण्डी इस्टो टाउकोमा चोट लागेपछि बेहोस भएका थिए। उनलाई तत्काल अस्पताल लगिएको थियो। उनको टाउकोमा गम्भीर चोट लागेको तर मष्तिस्कमा असर भने नपरेको क्लबले जनाएको छ।
अर्का खेलाडीसँगको ट्याकलको क्रममा इस्टोको टाउको ठोक्किएको थियो। सोमबार उनको ३० औं जन्मदिन पनि थियो।
इस्टो बेहोस भएलगतै खेल रोकियो। रेम्यान लिग डिभिजन वन नर्थको खेल दुवै क्लबका प्रशिक्षकको परामर्शमा रोकिएको हो ।