त्रिभुवन विमानस्थलभित्र रहेका पसलमा वस्तुको मूल्य साढे सात गुणा बढी लिने गरेको पाइएको छ ।
आपूर्ति मन्त्रालयले गरेको अनुगमनको क्रममा विमानस्थलभित्र खाद्य तथा पेय पदार्थमा चर्को मूल्य असुल्ने गरेको फेला परेको खबर आजको कान्तिपुरमा छापिएको छ।
मन्त्रालयका शाखा अधिकृत श्रीरामप्रसाद भट्टको नेतृत्वमा गएको अनुगमन टोलीले क्लासिक मार्ट, कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्स र एबीपी मार्टमा अनुगमन गरेको थियो ।
यसैगरी म्याद नाघेका सामान बिक्री गरेको, एमआरपी मूल्य छोपेर आफ्नै ट्याग लगाएको समेत भेटिएको थियो ।
अनुगमनका क्रममा क्लासिक मार्टमा ४० रुपैयाँ पर्ने लेज दुई सय २०, ३ सय ५० ग्रामको चकलेट ३ हजार र ५ सय ग्रामको बिस्कुट ५ सय ५० रुपैयाँमा बिक्री गरेको भेटियो ।
कार्की मल्टिपलले ४० रुपैयाँको लेज २ सय, एक कप कफीको २ सय, ५ सय एमएल कोकलाई २ सय रुपैयाँ र अन्य खाद्यान्नमा पनि सोही अनुपातमा बिक्री गरेको पाइएको छ।