टर्कीमा आज भएको बम आक्रमणमा परी ११ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन्।
बम विस्फोट टर्कीको दक्षिणी पूर्वी भाग सिज्रे स्थित प्रहरी हेडक्वाटरमा भएको हो। बम कारमा राखिएको थियो।
हमलाको पछाडि कुनै आतंककारी समूहको हात भएको तर हालसम्म कसैले जिम्मेवारी नलिएको बताइएको छ।