राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पुगेर प्रसाद ग्रहण गरेकी छिन्।
राष्ट्रपति भण्डारीले कृष्णजन्मअष्टमीको अवसरमा बिहीबार साँझ कृष्ण मन्दिर पुगेर प्रसाद ग्रहण गरेकी हुन्। उनले पूजा अर्चना भने गरिनन्। साँझ ५ बजेर १५ मिनेटमा कृष्ण मन्दिर पुगेकी राष्ट्रपति भण्डारी प्रसाद ग्रहणपछि कृष्ण मन्दिरसँगै रहेको ढुंगेधाराको अवलोकन गरेर फर्किन्।
राष्ट्रपति भण्डारीका कारण सर्वसाधारण श्रद्धालुहरूले डेढ घण्टासम्म पूजाआजा गर्न पाएनन्। गुठी संस्थान र सुरक्षाकर्मीले राष्ट्रपति जानु एक घन्टा पहिले नै सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाएका थिए।