नेपाल–भारत सीमा नाका झुलाघाटबाट आज दुई बालकको उद्धार गरिएको छ ।
बुधबारदेखि हराइरहेका पाटन नगरपालिका–१ सलेनाका १३ वर्षीय सुरज चन्द र १२ वर्षीय पदम लुहारलाई प्रहरीले सीमा नाकाबाट भारत जाँदै गरेको अवस्थामा उद्धार गरेको हो ।
आफन्तले दुवै बालक हराएको इलाका प्रहरी कार्यालय पाटनलाई खबर गरेपछि सीमा नाकामा चेकजाँचका क्रममा उनीहरुलाई फेला पारेको जिल्ला प्रहरी कार्यालयको प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए। रासस