नगरकोटबाट जन्ती लिएर कोटेश्वर आउँदै गरेको बस भक्तपुरको सुडालमा दुर्घटना भएको छ।
बा ४ ख १९०५ नम्बरको ७ नम्बर रुटमा चल्ने रिजर्भ बस पल्टिँदा २ दर्जनभन्दा बढी जन्ती घाइते भएको प्रहरीले जनाएको छ। बस बिहान ११ः४५ बजे नगरकोट–५ स्थित सुडालमा दुर्घटना भएको हो।
११ जनाको मध्यपुर अस्पताल थिमिमा र १८ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।
बसमा कति जना सवार थिए र कति घाइते भए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ। घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।