पोखराको फेवातालमा पौडी खेल्नेक्रममा बेपत्ता भएका युवकको मृत्यु भएको छ ।
फेवातालको डम्पसाइट नजिकै पौडी खेल्नेक्रममा स्याङ्जा घर भई हाल पोखरा ७ रत्नचोक डेरा गरी बस्ने वर्ष १९ का अमृत मगरको मृत्यु भएको हो।
साथीसहित पौडी खेल्न पुगेका मगर बेपत्ता भएका थिए र खोजी क्रममा उनको शव फेला परेको कास्की प्रहरी प्रवक्ता गुजु सिद्धि ब्रजार्चाले जानकारी दिए।
प्रहरी र स्थानीयले खोजी गरी तालबाट निकाल्दा मगरको मृत्यु भइसको उनले जानकारी दिए । शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।
केही दिन पहिले पनि फेवातालमा डुबेर तीन जनाको मृत्यु भएको थियो । साउन २० गते डुंगा डुबेर दुई जनाको मृत्यु भएको थियो भने भदौ २ गते माछामार्ने क्रममा एक जनाको मृत्यु भएको थियो ।