सरकारमा कुन पक्षका कति मन्त्री पठाउने विवादमा फसेको नेपाली कांग्रेसका दुई पक्षबीच सहमति भएको छ। नेता रामचन्द्र पौडेल पक्षले पार्टीले सरकारमा पाउने १३ मध्ये पाँच मन्त्रालय आफूलाई दिनु पर्ने माग गरेको थियो।
बिहिबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा देउवाले १३ मन्त्रालय पाउँदा पौडेल पक्षलाई ४ वटा मन्त्रालय मात्र दिन सकिने तर आफूले एक मन्त्रालय बढी दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग कुरा गर्ने बताएका थिए। बुढानिलकण्ठ स्रोतका अनुसार देउवाले दाहालसँग कुरा गरेपछि पाइएको मन्त्रालय पौडेल पक्षलाई दिन दुबै पक्ष राजी भएका छन्।
कांग्रेसमा मन्त्रीबारे सहमति भएपछि आजै दाहाल मन्त्रिपरिषद् विस्तार हुने कांग्रेसका एक नेताले जानकारी दिए।