संसारका सबैभन्दा तीब्र गतिका धावक उसेन बोल्टसँग एक रात बिताएको भनिएकी ब्राजिलकी २० वर्षीय छात्रा जेडी डुआर्टीको परिचय खुलेको छ।
उनी ब्राजिलकी ड्रग्स माफिया डग्लस डोनाटो पेरेराकी विधुवा भएको विदेशी सञ्चारमाध्यमले खुलासा गरेका छन्।
‘डिना टेरर’को उपनामले चिनिने डग्लसलाई यसै वर्षको मार्चमा ब्राजिली प्रहरीले मारेका थिए। उनीमाथि ड्रग्सको कारोबार मात्र होइन, दुई जना बच्चाको अपहरण गरेको आरोप थियो। उनले केही समयअघि हतियार बोकेको तस्बिर सासल मिडियामा पोष्ट गर्दै लेखेका थिए–ब्राजिली प्रहरी पनि म भनेपछि डराउँछन्।
ड्रग्स माफिया डग्लसबाट डुआर्टीले २ बच्चालाई जन्म दिएको बताइएको छ। डुआर्टीको २ वर्षका छोरा जाओ मिगुएल र १ वर्षकी छोरी गियोभाना छन्। डआर्टी बाहिर भएको बेला रियो क्षेत्रको क्याम्प ग्रेजमा रहेको घरमा उनकी बहिनीले छोरा–छोरीको हेरबिचार गर्ने गरेकी छिन्।
बोल्टलाई रियोको एउटा नाइट क्लबमा सुरुमा भेट्दा आफूले चिन्न नसकेको उनले बताएकी छिन्। बोल्टले आफ्नो ३० औं जन्मदिन मनाउने क्रममा उनलाई ओलम्पिक भिलेजको जमैकाका खेलाडी बस्ने गरेको अपार्टमेन्टमै लगेको बताएकी छिन्। यही उनले संसारकै सबैभन्दा तीब्र गतिका धावकसँग बिताएको केही क्षणका तस्बिर आफ्ना केटी साथीहरूलाई ‘वाट्स एप्स’ मार्फत पठाएकी थिइन्। उनले त्यो तस्बिर साथीहरूलाई आश्चर्यमा पार्न पठाएकी थिइन्। तर, साथीहरूले उनको तस्बिर सोसल मिडियामा सार्वजनिक गरिदिए।
उनले आफूलाई सुरुमा बोल्टको प्रेमिका पनि भएको थाहा नभएको बताएकी छिन्। बोल्टसँग समय बिताउने क्रममा आमासँग उनको केही समय कुराकानी भएको बताएकी थिइन्। बोल्टले १५ दिनपछि सुरु हुने पारा ओलम्पिकमा पुनः भेट्ने वाचा गरेको खुलासा गरिन्। तर, आफूले बोल्टसँग बिताएको क्षण सार्वजनिक भएपछि अब उनीसँग भेट्ने सम्भावना कम भएको बताएकी छिन्। ‘उनले चाहे भने भेट्न सक्छन्। किनभने उनीसँग मेरो टेलिफोन नम्बर छ,’ उनले भनिन्।