संसारका सबैभन्दा तीब्र धावक उसेन बोल्टको जुत्ता १८ हजार अमेरिकी डलमा बिक्रि भएको छ। उनको हस्ताक्षर भएको जुत्ता इन्टरनेटको लिलामीमा १८ हजार १ सय ५२ डलरमा बिक्रि भएको हो।
उनको जुक्ता लिलाम हुनुअघि ३० पल्ट दाम बढाबढ भएको थियो। सुरुमा जुत्ताको रकम ८ हजार डलर राखिएको थियो। जुत्ताको लिलामी कटाविकी संस्थाले गरेको थियो। उसले सन् २०१५ को विश्व च्याम्पियनसिपमा बेइजिङमा सय मिटर दौडमा बोल्टले लगाएको जुत्ता लिलाम भएको बताएको छ।
यही जुत्ता पहिरेर बोल्टले विश्व च्याम्पियनसिपमा सय, २ सय र ४ गुना सय मिटर रिलेमा स्वर्ण जितेका थिए। ३० वर्षीय बोल्टले यसै साता रियो ओलम्पिकमा तीनवटै स्पर्धामा स्वर्ण जितेर इतिहास रचेका थिए। उनले तीनवटा ओलम्पिकको तीनवटै स्पर्धामा तीनपल्टै स्वर्ण जित्ने अनौठो इतिहास रचेका थिए। बोल्टको नाममा ओलम्पिकमा ९ वटा स्वर्ण जित्ने इतिहास छ।