जिल्ला अस्पताल होस् वा स्याङजा वालिङ प्राथमिक स्वास्थ् केन्द्र, राज्यले शव चिर्ने सहयोगीलाई प्रतिशव एक सय रुपैयाँमात्रै अतिरिक्त पारिश्रमिक दिने गरेको छ।
तर ती सहयोगीले भने मूल्य अभिबृद्धिकर कटाएर प्रतिशव जम्मा ८५ रुपैयाँमात्र पाउने गरेको खबर आजको अन्नपूर्णमा भवानी अधिकारीले लेखेका छन्।
कुखुराको मासु किन्न हिँडेका सन्तबहादुर दमै ५ दिनपछि मृत अवस्थामा भेटिए। पुतलीबजार नगरपालिका वडा नं ९ लामागेका ४२ वर्षीय दमै केही महिनाअघि स्याङ्जा सदरमुकाममा मासु लिन आउँदै गर्दा चिप्लिएर खरबारीमा खसे। बटुवाले गनाइरहेको अवस्थामा उनको शव देखेपछि प्रहरीलाई खवर गरे।
गनाएको शव जिल्ला असपताल लगियो। अनि चिरफार पनि भयो। मास्कको त के काम, नाकमा गलबन्दी नै बाँधेर चिरफार गर्नुपरेको कार्यालय सहयोगीको भनाइ छ।
यी त एक पात्र मात्र हुन् । बढीपहिरोमा पुरिएका खोलाले बगाएका, बेबासिसे शव अत्यन्त्यै गनाउने र चिरफार गर्दा अत्यन्य कठिन मानिन्छन्। तर ती शव चिर्ने र सिलाउने काम सबै कार्यालय सहयोगीले नै गर्ने गर्छन्। तर त्यस बापतको रकम भने ८५ रूपैयाँ भएको सहयोगी तिलकप्रसाद लामिछानेले बताए।
पोष्टमार्टमका लागि चिरफार गर्न राज्यले कुनै व्यक्ति खटाएको छैन। २०४८ सालमा स्थापना भएको जिल्ला अस्पतालमा आजसम्म शव चिरफारको काम कार्यालय सहयोगीले नै गर्दै आएका छन्।
एउटा शव चिरफार गर्न कम्तीमा ४५ मिनेटदेखि २ घन्टासम्म लाग्ने गरेको र टाउको नै खोल्नुपरे अझै धेरै समय लाग्ने अस्पतालका डा. लेखनाथ लम्सालले बताए।