एएफसी कप, प्ले अफको पहिलो खेलमा नेपालको लिग बिजेता थ्री स्टार क्लबले मंगोलियाको लिग बिजेता एर्चिम फुटबल क्लबलाई २-० ले हराएको छ।
मंगोलियाको राजधानी उलनबटारमा भइरहेको खेलमा थ्रीस्टारले मध्यान्तर अघि १ गोल र मध्यान्तर पछि थप गोल गरेको थियो।थ्री स्टारका लागि खेलको १३ औं मिनेटमा गोल गर्दै नाइजेरियन खेलाडी मार्टिन्स कयोदेले थ्री स्टारलाई अग्रता दिलाएका थिए। यस्तै खेलको ७५औं मिनेटमा बिक्रम लामाले गोल गर्दै खेल आफ्नो पक्षमा पारे।