रियो ओलम्पिकमा ब्राजिल र जर्मनीबीच स्वर्ण पदकका लागि भइरहेको स्पर्धा पेनाल्टी सुटआउटतर्फ लागेको छ।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा टुँगिएपछि ३० मिनेट खेल थप गरिएको थियो। थप गरिएको ३० मिनेटमा पनि दुबै टोलीले कुनै गोल गर्न सकेनन्। ब्राजिलले कप्तान नेइमारको फ्रिकिक गोलको सहयोगल पहिलो हाफमा १–० को अग्रता बनाएको थियो।
तर, दोस्रो हाफको खेल सुरु भएको १४ मिनेटमा जर्मनीका कप्तान म्याक्स मेयरले गोल फर्काएपछि निर्धारित समयको खेल बराबरीमा टुंगिएको थियो। निर्धारित समयपछि थप गरिएको अतिरिक्त समयमा ब्राजिलले खेललाई आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न सकेन्। नेइमार, नुवानजस्ता खेलाडी गोल गर्नबाट चुकेका थिए।