जमैकन धावक उसेन बोल्टले रियो ओलम्पिकमा कीर्तिमानी तेस्रो स्वर्ण जितेका छन् । यससँगै उनले लगातार तीन ओलम्पिकमा तीन स्वर्णको कीर्तिमान बनाएका छन् ।
बोल्टको टिमले शनिबार रियो ओलम्पिकको ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेको हो। उनले १०० मिटर र २०० मिटरमा स्वर्ण जितिसकेका थिए ।
सन् २००८ को बेइजिङ र २०१२ को लण्डन ओलम्पिकमा पनि बोल्टले तीन वटै स्पर्धामा स्वर्ण जितेका थिए।
४ सय गुना सय मिटर रिलेमा स्वर्ण जितेसँगै उनी तीन वटा ओलम्पिकको तीनवटै स्पर्धामा तीनपल्टै स्वर्ण जित्ने एकमात्र खेलाडी बनेका छन्।