रसुवागढी नाकानबाट चीन प्रवेशका लागि मल्टी इन्ट्री भिसा दिने तयारी गरिएको खबर आजको अन्नपूर्णमा छापिएको छ।
हालसम्म चिनियाँ पक्षले व्यावहारिकता हेरेरमात्र नेपालीलाई प्रवेश दिँदै आएको छ।
काठमाडौंबाट एक सय ५५ किलोमिटर दूरीमा रहेको रसुवागढी नाका नेपाल चीन प्रवेशको छोटो र हाल सञ्चालनमा रहेका ठूलो नाका हो।
यो नाकाबाट गत वर्षदेखि आयातनिर्यातका लागि नाका औपचारिक रुपमा सञ्चालनमा गरिएको थियो ।
हाल सिन्धुपाल्चोकको तातोपानी नाका बन्द रहेको अवस्थामा रसुवागढी नाका मात्र सञ्चालमा छ। नाकाबाट सहज व्यवस्थापका लागि नेपाल र चिनियाँ पक्षसँग छलफल जारी रहेको रसुवा प्रशासनले जनाएको छ।
नेपालीले चीनबाट मल्टी इन्ट्री भिसा पाएपछि द्विपक्षीय व्यापारमा बढोत्तरी आउने विश्वास गरिएको छ।
चीनले दिने भिसा प्रक्रियाका लागि धुन्चेमा रहेको प्रशासनमा सर्वपक्षीय बैठक भइसकेका छन् । चीनले दिने इन्ट्री भिसा अवधि ६ महिनाको हुनेछ।