अपराध नियन्त्रणसँगै शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी बोकेको प्रहरस्ले आफ्नो सेवा उत्तिकै चुस्तदुरुस्त पार्नुपर्छ। कहीँकतै अपराध भइहाले तत्काल पहुँच पुर्याउान विभिन्न स्थानमा छुट्टाछुट्टै प्रहरी एकाइ खडा गरिएका छन्। नागरिक दैनिकमा समाचार छ।
तर, सवारीसाधन अभावमा ती युनिटले अपेक्षाअनुरुप सेवा प्रबाह गर्न सकिरहेका छैनन्। नेपाल प्रहरीका आधाभन्दा बढी कार्यालयसँग साइकलधरि नरहेको पाइएको छ। सडक सञ्जालमा जोडिएका १ हजार ३ सय एकाईसँग सवारी साधन नभएको तथ्य प्रहरीसँग छ। नेपाल प्रहरीका कुल २ हजार ५ सय ३ एकाइ छ।
बाहिरी जिल्लाको त कुरै छाडौं, राजधानीकेन्द्रित महानगरीय प्रहरीकै दुई एकाई सवारीबिहीन छन्। प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार गोंगबुको अस्थायी प्रहरी प्रभाग र ललितपुर, सन्तानेश्वरस्थित प्रहरी बिटमा सवारी साधन छैन। यस्ता एकाइमा प्रहरी नायब निरीक्षकदेखि प्रहरी हवल्दारसम्मको दरबन्दी हुन्छ।