सभामुख ओनसरी घर्ती मगरले सांसदहरूले छलफलका लागि संसदमा दर्ता गर्ने प्रस्ताव अध्ययन गरी छलफलका लागि अघि बढाउने या नबढाउन सिफरिश गर्न उपसमिति गठन गरेकी छन्। दलहरूका प्रमुख सचेतकसँगको छलफलपछि सभामुख घर्तीले मंगलबार ९ सदस्यीय उपसमिति गठन गरेकी हुन्।
उपसमितिमा कांग्रेकसा मिनबहादुर विश्वकर्मा र रामकृष्ण यादव, एमालेका गोकुल घर्ती र रवीन्द्र अधिकारी, माओवादीका सिता नेपाली, राप्रपा नेपालका कुन्तीकुमारी शाही, संघीय समाजवादी फोरमका दिलबहादुर नेपाली, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का गीता राणा क्षेत्री र राप्रपाका राज्यलक्ष्मी श्रेष्ठ सदस्य रहेका छन्।