साउन महिनाको अन्तिम सोमबार आज बिहान ३ बजेदेखि पशुपतिमा भक्तजनको भीड लागेको छ ।
साउनको सोमबार बिहान ३ बजेदेखि पशुपतिका चार ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साउनको सोमबार भए पनि आज पशुपतिमा तीज र महाशिवरात्रिमा जत्तिकै भीड देखिएको छ।
“दर्शन गर्नेको पङ्क्ति गौरीघाट, मित्रपार्क, जयबागेश्वरी, पिङ्गलास्थान र सिनामङ्गलसम्म फैलिएको छ, दर्शनार्थीलाई प्रवेशका लागि पशुपतिका पूर्व, पश्चिम, उत्तर र दक्षिण चारै ढोका खोलिएको छ, जुन ढोकाबाट प्रवेश ग¥यो, त्यसैबाट निस्कने व्यवस्था मिलाइएको छ” – उनले भने।