माओवादीका पाँच मन्त्री लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैछन्।
जनार्दन शर्मा, हितराज पाण्डे, राम कार्की, डिआर पौडेल र अजयशंकर नायकले माओवादबादी कोटाबाट मन्त्रीका रुपमा सपथ खाँदै छन्।
शर्माले उर्जा, कार्कीले सञ्चार, पाण्डेले स्थानीय विकास, पौडेलले शिक्षा र नायकले कानुन मन्त्रालयको जिम्मेवारी पाउने माओवादीले जनाएको छ।
नयाँ मन्त्रीहरुको सपथग्रहण राष्ट्रपति कार्यालय शितल निवासमा दिउँसो तीन बजे हुने भएको छ।
माओवादीबाट यसअघि नै कृष्णबहादुर महरा उपप्रधान तथा अर्थ, दलजीत श्रीपाइली युवा तथा खेलकुद र गौरीशंकर चौधरी कृषि मन्त्री भइसकेका छन्।
यता नेपाली कांग्रेसले नेविसंघको महाधिवेशनमा व्यस्त भएकाले मन्त्रीहरुको नाम छनोट नगरेकाले प्रचण्डले आफ्नो पार्टीबाट मात्र मन्त्री छानेर मन्त्रिमण्डल बिस्तार गर्ने भएका हुन्।