बार्सिलोनाका स्टार लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्कने भएका छन्।
अर्जेन्टिनी प्रशिक्षक इडगार्डो बाउजाका अनुसार मेसी सेप्टेम्बरदेखि राष्ट्रिय टिममा फेरि सामेल हुने भएका हुन्।
केही समयअघि सकिएको कोपा अमेरिका फुटबलको उपाधि दिलाउन नसकेपछि उनले राष्ट्रिय टिमबाट सन्यास लिएका थिए।
मेसीलाई भेट्न बाउजा बिहिबार स्पेनको बार्सिलोना पुगेका थिए। उनले राष्ट्रिय टिममा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि मेसी टिममा फर्किन राजी भएको बताएका छन्।
बाउजाले भनेका छन्,'उनी राष्ट्रिय टोलीमा फर्किन्छन् भन्नेमा मलाई कुनै द्विविधा छैन। उनीसँग राष्ट्रिय टोलीबाट खेल्ने ठूलो इच्छा भएको मैले महशुस गरेको छु।'