दीपायलबाट धनगढी आउँदै गरेको यात्रुवाहक बस गए राति १ बजे कैलाली जिल्लाको सहजपुर गाविस वडा नं. ९, मारभट्टी मोडमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन्।
मृत्यु हुनेमा डोटी वासुदेवि गाविस वडा नं. १ का योगेन्द्र वि.क. र अर्का ठेगाना नखुलेको सिवि लुहार रहेको ईलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरीक्षक दान बहादुर रोकायाले जानकारी दिए।
घाईतेहरु मध्ये सात जनाको अत्तरियास्थित पदमा अस्पताममा उपचार भैरहेको छ भने गम्भीर घाईते बसका चालक अत्तरिया नगरपालिका वडा नं. ४ बस्ने २८ वर्षिय शेर बहादुर कडायत र सोहि ठाउँ बस्ने ३५ वर्षिय महाविर कडायतलाई थप उपचारको लागि भारतको बरेली रेफर गरिएको ईलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक मोहन साउदले बताए।
शैलेश्वरी यातायातको ना ६ ख १६९१ नम्बरको उक्त बस सडकबाट करिब २ सय मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।