प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित चार जनालाई बुधबार बुढानिलकण्ठबाट पक्राउ गरेको छ।
गोप्य सूचनाको आधारमा प्रहरीले उदयपुर बलम्ता–८ का सुशील राई, बाग्लुङ भीमगिठी गाविस–१ का मुस्कान थापा, खोटाङ दुवेकोल–८ का २६ वर्षीय जीवन गुरुङ र मकवानपुर सरिखेतपलासे–५ का लालबहादुर थिङलाई नौ थान रेडपान्डाको छालासहित जीवन गुरुङको बुढानिलकण्ठको कोठाबाट पक्राउ गरेको हो।
उक्त छाला तीन/चार दिन अगाडिदेखि जीवनको कोठामा राखिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। उनीहरू उक्त छाला करिब ५० लाखमा बिक्री गर्ने योजना बनाइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेको अभियुक्तलाई छालासहित बुधबारै जिल्ला वन कार्यालय काठमाडौं पठाइएको छ। रासस