फुपुल्हामु खत्रीले ओलम्पिकमा नेपाली जुडो खेलाडीले पनि भिड्न सक्छन भन्ने प्रमाणित गरेकी छिन्।
उनले मंगलबार ब्राजिलमा सम्पन्न रियो ओलम्पिकको ६३ केजी समूहमा पुरै एक मिनेट खेलेर यो प्रमाणित गरिन्। निकै उर्जा खर्च गर्नु पर्ने जुडोमा उनले आफूभन्दा अनुभवी क्युबाकी मारिसेट स्पिनोसासँग पुरै एक मिनेटको बाउट खेलिन्। यसअघि कुनै नेपाली जुडो खेलाडीले पुरै समय खेल्न सकेका थिएनन्।
सन् २००८ को बेइजिङ ओलम्पिकमा देबु थापा निप्पोनको आधारमा पराजित भएकी थिइन्। उनी आफ्नो प्रतिद्धन्द्धी चाइनिज ताइपेइकी वाङ चिन–फाङसँग २२ सेकेन्ड मात्र टिकेकी थिइन्।
नेपालबाट रियो ओलम्पिकमा भाग लिन जानु पूर्व नेपाल जुडो संघले फुपुले पुरै समय खेलेको खण्डमा पुरस्कृत गर्ने बताएको थियो। २१ वर्षीय फुपु सेतो ‘गी’मा उत्रिएकी थिइन्। निलो ‘गी’मा उत्रिएकी २७ वर्षीय स्पिनोसा फुपुभन्दा परिपक्व देखिन्थिन्।