राप्रपा नेपालले राजदूतहरूको सिफारिस फिर्ता गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाएको छ।
राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले अघिल्लो सरकारले गरेको निर्णय अहिलेको सरकारले उल्ट्याउनु आपत्तिजनक भएको ठहरसहित यसबाट अराजकता मौलाउने चेतावनी दिएको छ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाको प्रस्तावमा अघिल्लो सरकारले राजदूतहरूको नाम सिफारिस गरेको थियो। अघिल्लो सरकारको सिफारिस फिर्ताको निर्णयपछि राप्रपा नेपालको कोटाका निरञ्जन थापा र अर्का एक व्यक्ति अन्य १२ जनाजस्तै राजदूत बन्नबाट बञ्चित भएका छन्।