अष्ट्रेलियामा पानीजहाजमा सिप म्यान जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।
अनलाइनमा विज्ञापन गरेर १० जनाभन्दा बढीलाई ठगी गरेरफरार भएका ललितपुर १४ नख्खिपोटका राजन गुरुङलाई पक्राउ गरिएको एसपी दिवेश लोहनीले बताए। वैदेशिक रोजगार न्यायाधिकरणले उनलाई २०७२ साल माघ ६ गते ६ वर्ष ९ महिना कैद र ६ लाख २२ हजार जरिवाना गरेको थियो । त्यसपछि फरार भएका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले इजाजत नै नलिइ इन्टेल हब एजुकेशन फाउन्डेशन नामको संस्थाबाट मानिसहरुलाई ठगी गर्ने गरेका थिए ।
नक्कली भिषा देखाएर उनले रकम असुल्ने गरेको प्रहरीले बतायो । साथै उनले सिप म्यानको तालिम लिनका लागि कतिपयलाई भारतको बेङलोर र फिलिपिन्समा समेत लैजाने गरेको खुल्न आएको छ। अलपत्र परेका धेरैजसो आफ्नै खर्चमा स्वदेश आएका थिए।
उनले अहिलेसम्म ७६ लाख ६८ हजार ९ सय ९७ रुपैयाँ असुलेको प्रहरीले बताएको छ ।