जीतबहादुर तामाङले रियो ओलम्पिकमा आफ्नो पहिलो खेल शुक्रबार साँझ ५ बजे खेल्दैछन्। ७० मिटर आर्चरीको र्याङ्किङ राउन्डअन्तर्गत आज ५६ देशका ६४ खेलाडी यो स्पर्धामा सहभागी हुँदैछन्। यो राउन्डमा एउटा आर्चरी खेलाडी ७२ वटा तारो हान्न पाउनेछ।
राम्रो स्थान बनाउने खेलाडीको आधारमा मेडल इभेन्ट्समा समूह विभाजन गर्ने हुँदा र्याङकिङ राउन्ड निकै महत्वपूर्ण मानिन्छ। पहिलो पल्ट ओलम्पिकमा सहभागी भएका जीतले २०१५ मा बैंककमा भएको एसियन आर्चरी च्याम्पियनसिपमा कूल ६ सय ४२ स्कोर गरेका थिए।
अभ्यासको दौरान उनको स्कोर ६ सय ७४ छ। ‘अभ्यासमा गरिरहेको प्रदर्शनलाई यहाँ दोहोर्याउन सके भने पनि राम्रो स्थान ओगट्न सक्छु जस्तो लाग्छ,’ जीतले सेतोपाटीसँग भने। मेडलको इभेन्ट्स भने भोली हुनेछ। यो इभेन्ट्समा दक्षिण कोरियाका इम दोङ हुयानको नाममा ६ सय ९९ अंकको कीर्तिमान छ।