नेकपा एमालेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेशवादी दलबीच भएको तीन बुँदे सहमति अनुसार संविधान संशोधन गर्न नदिने बताएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेशवादी दलले तीन बुँदे सहमति गरेलगत्तै नेकपा एमालेले प्रदेशको सीमांकन हेरफेर गर्न आवश्यक नरहेको भन्दै सीमांकन हेरफेरका लागि संविधान संशोधन गर्न नदिने बताएको हो।
तीन बुँदे सहमतिमाथि प्रतिक्रिया दिने क्रममा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले देश र जनताको हित विपरित भारतको षड्यन्त्रमा तीन बुँदे सहमति गरिएको आरोप लगाए। उनले संविधानमा तत्काल कुनै संशोधन गर्न आवश्यक नरहेको भन्दै संशोधनको प्रस्ताव ल्याइए नेकपा एमालेले कडा प्रतिवाद गर्ने बताए।
नेकपा एमालेका उपाध्यक्ष रावलले तीन बुँदे सहमतिका कारण नै सरकार धेरै समय नटिक्ने दाबी गरे।