क्यानडाका् पीआर मिलाइदिन्छु भन्दै ६५ लाखभन्दा बढी ठगी गर्ने ब्राइट फ्युचर कन्सल्ट्यान्सीका संचालक पक्राउ परेका छन् ।
उनले दुर्गा बहादुर पुन, गोविन्द प्रसाद रेग्मी, प्रकाश थापा, जितेन्द्र शेरचन, रविन कुमार रौनीयार, कृष्ण पाण्डे, देव राज राई, नविन कुमार झा, उमेश खड्का, रेखा कडेरीया, कल्पना कडेरीया, निशा बराल, रिमा क्षेत्री, बिक्रान्त केसी राजन सुवेदी, रामचन्द्र पौडेल, सुनिल घिमिरे, बबिता गुरुङ समेत १८ जनाबाट उनले प्रतिव्यक्ति १२ देखि १८ लाख रुपैयाँ लिएका थिए। रकम लिए पश्चात क्यानाडा नपठाई संचालकहरु सम्पर्क विहिन भएका थिए।
अपराध महाशाखाको टोलीले उनलाइ महाराजगञ्जबाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।