कोसी ब्यारेजको पूर्व-दक्षिण नहर डिलछेउका लहरै होटल। साहुजीहरु कोसीका ताजा माछालाई आकर्षक परिकारमा ढालेर ग्राहक डाकिरहेका हुन्थे। जति कोसिस गरेपनि उनीहरुले कुनै दिन थाकुन्जेल व्यापार गर्न पाएनन्। कामदार अधिकांश समय फुर्सदिला रहन्थे। नागरिक दैनिकमा समाचार छ।
दैनिक मुस्किलले आठ-दस ग्राहक पस्थे। आम्दानीको दायरा साँघुरो थियो। अहिले तिनै साहुजीलाई पट्यारलाग्दो विगत सम्झने फुर्सदसम्म छैन्। सबैका मुहार उज्यालिएका छन्।
कुनै समय माछाका परिकार फ्रेस राख्न पंखा हम्किएर बस्ने उनीहरुलाई अहिले माग थेग्नै हम्मे छ। माछाले नपुगेर कुखुरा र खसीको सपत पनि ह्वात्तै बढेको छ। हरेक होटल उत्तिकै खचाखच छन्। अनि यो चटारो सीमित घन्टा होइन,बिहानदेखि साँझसम्मै उत्तिकै रहन्छ।
होटलमा पस्ने अधिकांश ग्राहकको अर्डर मदिरा हुन्छ। ती पनि नेपाली कम भारतीय बिहारका रुेथाने धेरै हुन्छन्। बिहार राज्य सरकारले मदिरा प्रतिबन्ध लगाएपछ उनीहरु तिर्खा मेट्न नेपाली बजार धाउन थालेका हुन्।
पछिल्ला दिन सीमापारिका गाउँबाट रक्सी र मासुको स्वाद लिन अाउनेहरु ह्वात्तै बढेको उनले जानकारी दिए।