नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सहमतीय सरकारभन्दा पनि संविधान कार्यान्वयमा राष्ट्रिय सहमति कायम गर्नु आवश्यक रहेको बताएका छन्।
वर्तमान मुलुकको राजनीतिक अवस्थामा सहमतीय सरकारका पहल कदम भए पनि त्यो सम्भव नरहेको भन्दै नेता श्रेष्ठले संविधान कार्यान्वयनमा राष्ट्रिय सहमति जुटाउनुपर्नेमा जोड दिएका हुन्।
गोरखा समाज सेवा केन्द्रको आठांै अधिवेशन एवं एघारौं साधारणसभालाई राजधानीमा शनिबार सम्बोधन गर्दे नेता श्रेष्ठले मुख्य चुनौतीको विषय संविधान कार्यान्वयनमा नै सबैको ध्यान जानु जरुरी रहेको उल्लेख गरे। संविधान घोषणा गर्ने सम्पूर्ण शक्ति मिल्ने सम्भावना नरहेकाले मुलभूत एजेण्डामा राष्ट्रिय सहमति कायम गरी अघि बढ्नेतर्फ आफूहरू लागेको उनले बताए।