के तपाईहरू ब्राजिलका स्टार स्ट्राइकर नेइमारको ‘फ्यान’ हुनुहुन्छ? हुनुहुन्छ भने तपाईँमध्ये कतिलाई थाहा छ, नेइमारको करिअरको ‘टर्निङ–प्वाइन्ट’ के हो? नेइमार सानैदेखि फुटबल मैदानमा होनहार थिए भन्ने सबैलाई थाहा होला। तर, उनको करिअरको ‘टर्निङ–प्वाइन्ट’ हिजो बुधबार राति एउटा गोलले सम्भव भएको हो।
५ वर्षअघि भिला बेल्मिरोमा भएको ब्राजिलको स्थानीय लिगमा नेइमारले यस्तो चमत्कारिक गोल गरे, जसका कारण उनलाई २०११ को पुस्कास अवार्डबाट सम्मान गरिएको थियो।
यो उनले फ्लेमिङ्गो क्लबविरूद्ध खेल्ने क्रममा सान्तोष क्लबबाट गरेका थिए। उनको गोल गर्ने यही कला देखेर स्पेनको बार्सिलोना क्लबले १९ वर्षको उमेरमा नेइमारलाई ५ करोड ७१ लाख युरो खर्चेर सान्तोष क्लबबाट किनेको थियो। उनलाई पहिलो दिन बार्सिलोनाको क्याम्प नोउमा साक्षात्कार गराउदा ५६ हजार ५ सय समर्थक रंगशालामा उपस्थित भएका थिए। मैदानको ‘एट्याकिङ–थर्ड’ बाट विपक्षी फ्लेमिङ्गोका दुई खेलाडीलाई काट्दै बल अगाडि बढाएका नेइमार आफ्ना समकक्षी बोर्गेससँग ‘वान–टु’ पासमार्फत डि–एरियामा प्रवेश गरेका थिए।
फ्लेमिङ्गोको डि–एरियामा प्रवेश गर्नुअघि पनि उनले आफ्नै शैलीमा रोनाल्डो एन्जेलिमलाई ‘डच’ दिएका थिए। अझ, विपक्षी गोल पोस्ट नजिकै उनलाई रोक्न आएका २ विपक्षी डिफेन्डरलाई चकित तुल्याउँदै उनले देब्रे खुट्टाबाट गोल गरेका थिए।
नेइमार हालको अन्तर्राष्ट्रिय फुटबलका पाँच घातक स्ट्राइकर भित्र पर्छन्। उनको बार्षिक कमाई नै २ करोड ५० लाख युरो रहेको छ।