घाँस काट्ने क्रममा रुखबाट लडेर मोरङमा एक जनाको मृत्यु भएको छ। पथरी–शनिश्चरे–११ बस्ने दानबहादुर राईको बिहीबार मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।
घाँस काट्नका लागि रुखमा चढेका उनी लडेपछि गम्भीर घाइते भएका थिए । विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा राईको मृत्यु भएको हो। रासस