म्याग्दीको चमेरेलगायत विभिन्न ठाउँमा मङ्गलबार रातीको पहिरोले सडक भत्काएपछि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। तस्बिर : सन्तोष गौतम/रासस
जारी वर्षाका कारण बाढीपहिरोले ५४ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाका अनुसार २० जना बेपत्ता छन्।
उनका अनुसार बाढीपहिरोले देशका १४ जिल्ला प्रभावित छन्। बाढी पहिरोमा परेकाहरूको उद्धारका निम्ति जिल्लामा रेपिड सेस्पोन्स टिम तयार पारिएको छ।
कोइरालाका अनुसार सबै सुरक्षा निकायलाई उद्धारमा परिचालन गरिएको छ। खबर पाउनासाथ रेस्पोन्स टिम घटनास्थलमा परिचालन हुने गरी व्यवस्था मिलाइएको छ।