नयाँ शक्ति नेपालले बाढी र पहिरो पीडितको उद्धार र राहत वितरणमा लाग्न आफ्ना अभियन्ता, समर्थक र शुभचिन्तकलाई आग्रह गरेको छ।
नयाँ शक्तिले विनाशकारी भूकम्प, नाकाबन्दी, महंगी र कालोबजारीसहित राजनैतिक अस्थिरता एवम् कुर्सी तानातानको संसदीय फोहरी खेलबाट आक्रान्त जनता फेरि एकपटक बाढी पहिरोको मार खप्न बाध्य भएको बताएको छ।
नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ– नयाँ शक्ति पार्टी नेपालका सम्पूर्ण पार्टी कमिटीहरुका अभियन्ताहरु, समर्थक र शुभचिन्तकहरु जनताको यो पीडाको घडीमा राहत र उद्दारको कार्यमा तदारुकताका साथ जुट्न र जनताको दुःख र पीडामा नयाँ शक्ति साथमा छ भन्ने अनुभूति दिलाउने कार्ययोजना निर्माण गरी राहत र उद्दारको कार्यमा सक्रियताका साथ जुट्न हार्दिक आग्रह गरिन्छ ।