प्युठानको थोप्ली– ४, अधेरीखोलामा पहिरोले घर पुरिँदा एकै परिवारका दुईजनासहित तीनजनाको मृत्यु भएको छ। योसँगै प्युठानमा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ।
बुधवार बिहान घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ७५ वर्षीय दोर्णबहादुर केसी र उनकी श्रीमती ७० वर्षीया पवित्रा केसीको मृत्यु भएको प्युठान जिल्ला प्रहरी प्रमुख रञ्जितसिंह राठौरले जानकारी दिए।
यस्तै सोही ठाउँ अर्को घर पनि पहिरोले पुरिएको छ। पहिरोमा परी ७० वर्षीय नारायणबहादुर केसीको मृत्यु भएको डिएसपी राठौरले जानकारी दिए।
राठौरका अनुसार घरमा सुतिरहेका बेला बिहान पहिरो खसेपछि केसी परिवारका दुईवटा घर पुरिएका हुन्।