प्युठानका विभिन्न ठाउँमा बाढीपहिरोमा परी दस जनाको मृत्यु भएको छ।
सोमबार रातिदेखि परेको अबिरल वर्षापछि पहिरो जाँदा छ जनाको मृत्यु भएको र खोलाले बगाएर चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले बताए।
मृत्यु भएकामध्ये छ जनाको सनाखत भइसकेको र बाँकीको हुन नसकेको उनले बताएका छन्। पुजा, लुङ र खवाङ गाविसमा गएको पहिरोमा दुई दुई जनाको मृत्यु भएको उनले बताए। ‘बेपत्ता हुनेको विवरण आएको छैन, केही बेपत्ता भएको शंका छ, खोजी भइरहेको छ,’ राठौरले भने।
वर्षापछि तीन गाविसमा पहिरो गएकाे थियाे। ती गाविसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले हराइरहेकाहरुको खोजी गरिरहेको छ।