चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै आठौं पटक अनशन बसेका बरिष्ठ चिकित्सक गोविन्द केसीले १६ औं दिनमा अनशन तोडेका छन् ।
शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको लागि आएका बिरामीको सरोज नेपाली र छेवाङ लामाको हातबाट जुस खाँदै केसीले दिउँसो अनशन तोडेका हुन्।
सरकारी वार्ता टोलीसँग हिजो राति ४ बुँदे सहमति भएपछि केसीले अनशन तोडेका हुन्।