नवलपरासीको भुजहवा गाविसमा केही दिन अघि बेपत्ता भएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
भुजहवा–५ स्थित भटवलियाको गण्डक पोखरीमा स्थानीय ३६ वर्षीय हरेन्द्र हरिजन मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
हरिजन गत साउन ६ गतेदेखि घरबाट बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ। हरिजनको मृत्युको कारण खुल्न सकेको छैन ।
शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको प्रहरीले जनाएको छ। हरिजनलाई हत्या गरेर फालिएको हुनसक्ने परिवारले बताए पनि प्रहरीले यसबारेमा अनुसन्धान अगाडि बढाएको जनाएको छ। रासस